शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने

उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने

नागरिक पाटी

१५, कार्तिक २०७७
  • 7.1K
    SHARES
  • उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।

    images
    images


    सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ । यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताउनुभयो ।

    हिजो शुक्रबार देखि अभियानकै रूपमा थालनी गरी चार सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ । यो अभियानलाई आज पनि निरन्तरता दिइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - १७:५४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology