शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ जनामा कोरोना संक्रमण

एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 4.0K
    SHARES
  • एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ जनामा कोरोना संक्रमण

    काठमाण्डौ । नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images
    images


    गएको २४ घण्टामा १३ हजार २३ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार ६ सय २० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।

    अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १६:४०:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology