काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी तीन हजार ६२० जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजारभन्दा बढी पुगेको छ ।