शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाको एकता धरमरमा

नेकपाको एकता धरमरमा

नागरिक पाटी

१७, कार्तिक २०७७
  • 6.2K
    SHARES
  • नेकपाको एकता धरमरमा

    धादिङ । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’

    images
    images


    पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।’

    दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो तरु त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ।

    बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं।’ दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पुर्‍याएको हो।यसलाई उक्साउन र एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन्। यही क्रममा दुवै अध्यक्षले निकट नेताहरूसँग तीव्र छलफल चलाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०८:५१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology