शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ८ सय ७१ पुग्यो

धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ८ सय ७१ पुग्यो

नागरिक पाटी

१८, कार्तिक २०७७
  • 6.4K
    SHARES
  • धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ८ सय ७१ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितहरु धादिङको गल्छी गाउँपालिकाका ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, धादिङ अस्पतालका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै नेत्रावती डवजोङ गाउँपालिकाका २ जना, धुनिबेशी नगरपालिकाका १ जना, बेनिघाट रोराङका १ जना, गजुरीका १ जना रहेका छन्। मंगलबार थपिएका संक्रमितहरुमा १४ बर्षदेखी ७५ बर्ष उमेर समुहका ४ जना महिला र २२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ७५ पुगेको छ ।


    निको हुनेको कुल सङ्ख्या ८ सय ७१ पुगेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या २ सय ८३ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १७:४२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology