शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, ३ हजार ८४४ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, ३ हजार ८४४ जना डिस्चार्ज

नागरिक पाटी

१९, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, ३ हजार ८४४ जना डिस्चार्ज


    धादिङ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार तीन सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images
    images


    गएको २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार आठ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ ।

    अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १७:४४:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology