काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३ सय ७९ जना कोरोना संक्रमितको आईसीयुमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।