काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार आठ सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज बुधबार काठमाण्डौमा १ हजार पाँच सय ७० जना, भक्तपुरमा एक सय १९ जना र ललितपुरमा एक सय ८९ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा १३ हजारभन्दा बढीको नमुना परीक्षण भएकोमा तीन हजार तीन सय नौ जनामा कोरोनाको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।