धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा भैँसी बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा विरगन्ज महानगरपालिका ३१ बस्ने २४ वर्षका शेख अली अख्तरको मृत्यु भएको हो । उनको उपचारका क्रममा ट्रमा अस्पताल काठमाण्डौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता लोकनाथ तिम्सिनाले बताउनुभयो ।
घटनामा विरगन्ज ३१ कै ४८ वर्षिय अफ्ताव अन्सरी र वर्ष २४ का अलि हुसेन घाईते भएका छन् । घाईतेहरुको ट्रमा अस्पतालमा नै उपचार भैरहेको छ । यसैगरी घटनामा १६ भैँसी मध्ये १० वटा भैँसीको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।