एजेन्सी । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बीयोनटेकले एउटा कोभिड-१९ भ्याक्सिनको प्रभावकारीता ९० प्रतिशतभन्दा माथि देखिएको दाबी सार्वजनिक भएको छ। तेस्रो चरणको क्लिनिकल ट्रयालमा उक्त भ्याक्सिनले कोभिड विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको जनाइएको छ।
कम्पनी बीयोनटेकले तयार पारेको यस भ्याक्सिनले कोभिड-१९ विरुद्ध लड्न सक्ने क्षमता राख्ने भ्याक्सिन निर्माणका लागि काम गरिरहेका वैज्ञानिकहरूको दाबी छ।
फाइजरका सीईओ डाक्टर अल्बर्ट बौर्लाले मानव समुदाय र विज्ञानको दुनियामा यसलाई नयाँ दिन भएको बताएका छन्। विश्वव्यापी स्वास्थ्य संकटको अन्त्यका लागि मद्दत पुर्याउन हामी सफलताको नजिक पुगिसकेका छौं। यसलाई महत्त्वपूर्ण चरणमा पुगेको भन्न सकिन्छ। हामी मानव समुदायका लागि यो भ्याक्सिन चाँडै उपलब्ध गराउने छौं, बौर्लालाई उद्धृत गर्दै आईटिभीको अनलाइन संस्करणले उल्लेख गरेको छ।