शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

नागरिक पाटी

२४, कार्तिक २०७७
  • 5.2K
    SHARES
  • कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

    धादिङ । मुलुकमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    मुलुकमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १,९७,०२४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। साथै ९६७ जना संक्रमित क्वारेन्टिनमा रहेका छन्।

    त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ। मन्त्रालयका अनुसार आज १११७७ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलकमा १५५१२५४ जनाको कोरोना परीक्षण भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १९:११:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology