धादिङ। धादिङमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ५ जना, गजुरी गाउँपालिकाका ३ जना, धुनीबेशी नगरपालिका र गंगाजमुना गाउँपालिकाका २/२ जना, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका १/१ जनागरी थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ४२ पुगेको छ ।