धादिङ । चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले बिपन्न, ज्येष्ठ नागरिक लगाएत निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो ।त्यसबिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कोरोनाको परिक्षण तथा उपचार निःशुल्क गर्न सरकारको नाममा आदेश जारी गरेको थियो । तर सरकारले भने सबै नागरिकको निस्शुल्क परीक्षण र उपचार गर्न नसिकने भने पूनरावेदनका लागि निवेदन दिएको थियो ।
सर्वोच्चले फैसला पूनरावेदन नगर्ने निर्णय गरिसकेको छ । अदालतको निर्णय कार्यान्वयन गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाइ अवहेलना मुद्धा समेत परेको थियो । यस्तै बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।रासस