शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वामदेवको मुद्धामा राय बाझियो

वामदेवको मुद्धामा राय बाझियो

नागरिक पाटी

२७, कार्तिक २०७७
  • 5.1K
    SHARES
  • वामदेवको मुद्धामा राय बाझियो

    काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा जारी भएको आदेशमा राय बाझिएको छ ।

    images
    images

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार जारी गरेको आदेशको आज लिखित आदेश सार्वजनिक भएको छ ।

    आदेशमा प्रधानन्यायाधीश जबरा, न्यायाधीश कार्की द्धय र श्रेष्ठले नेता गौतमलाई थप संवैधानिक काम गर्न रोक्ने अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेका छन् भने न्यायाधीश खतिवडाले फरक मत राखेका छन् । न्यायाधीश खतिवडाले फरक मत राखेता पनि चार जना न्यायाधीशले गरेको आदेश कार्यान्वयन भएको छ ।

    न्यायाधीश खतिवडाले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बर्दियाबाट पराजित भएका कारणबाट राष्ट्रियसभाको सदस्य पदमा मनोनयनका लागि अयोग्यता सृजना भएका आधारमा थप संवैधानिक जिम्मेवारी दिननहुने आदेशमा छ । न्यायाधीश खतिवडाको फरक मत भएता पनि संवैधानिक इजलासका चार न्यायाधीशले बुधबार जारी गरेको आदेशका नेता गौतमलाई थप संवैधानिक काम नगर्न भनिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १९:५६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology