शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बैतडीमा भएको बस दुर्घटनामा ९ को मृत्यु, ३४ जना घाइते

बैतडीमा भएको बस दुर्घटनामा ९ को मृत्यु, ३४ जना घाइते

नागरिक पाटी

२८, कार्तिक २०७७
  • 6.6K
    SHARES
  • बैतडीमा भएको बस दुर्घटनामा ९ को मृत्यु, ३४ जना घाइते

    बैतडी । बैतडीमा बस दुर्घटहना हुँदा ९ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो भने ३४ जना घाइते भएका छन्। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    images
    images

    दुर्घटनामा परी घाइते मध्ये गम्भीर घाइते ७ जना रहेका छन। उनिहरूलाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

    मृतकमध्ये ८ जनाको शव घटनास्थलबाट निकालिकिएको छ भने एकजनाको बससँगै अड्किएकाले निकाल समस्या भइरहेकोले निकालिने तयारी भइहरहेको डीएसपी अधिकारीले बताए। प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ।

    सानो घुम्तीबाट बस ६ सय मिटर तल खसेको हो। बस चालक समेत घाइते भएर बोल्न नसक्ने अवस्थामा भएकोले दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भइनसकेको प्रहरीले जनाएको छ। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका अधिकारीले जानकारी दिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०७:२१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology