शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ३ सय ३९ जनामा सङ्क्रमण

थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ३ सय ३९ जनामा सङ्क्रमण

नागरिक पाटी

२, मंसिर २०७७
  • 5.3K
    SHARES
  • थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ३ सय ३९ जनामा सङ्क्रमण

    धादिङ । गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

    images
    images

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् ।

    यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

    गएको २४ घण्टामा देशभर नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १८:४०:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology