शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

नागरिक पाटी

३, मंसिर २०७७
  • 6.8K
    SHARES
  • लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

    लमजुङ । लमजुङको दोर्दी गाउँपालिका -४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

    images
    images

    सुन्दरबजार नगरपालिकाबाट दोर्दी-५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका ११ जनामध्ये चार गम्भीर र सात जना सामान्य छन् । दोर्दी गाउँपालिका ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नम्बर ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

    घाइते ११ जनाको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०८:५७:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology