शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बालकको घटनास्थलमै मृत्यु भएपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु

बालकको घटनास्थलमै मृत्यु भएपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु

नागरिक पाटी

३, मंसिर २०७७
  • 14.9K
    SHARES
  • बालकको घटनास्थलमै मृत्यु भएपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु

    धार्के । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिको खानीखोलामा भएको सवारी दुर्घटनामा बालकाको मृत्यु भएपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ । काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ निवासी स्थानिय ८ बर्षीय रितेश तामाङलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images


    बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका थिए। दुर्घटना पछि स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको राजमार्ग ३ घण्टा पछि सञ्चालनमा आएको ईलाका प्रहरी कार्याललय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १९:३०:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology