शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पौषदेखि थालिने

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पौषदेखि थालिने

नागरिक पाटी

७, मंसिर २०७७
  • 10.6K
    SHARES
  • बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पौषदेखि थालिने

    धादिङ । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पुसदेखि थालिने भएको छ । २४ कात्तिकदेखि सुरुङ खन्ने योजना भए पनि आवश्यक स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले काम पछाडि धकेलिएको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘सुरुङ खन्न थाल्नुपूर्व ढोकाको चौकोस आकारका फ्रेम राख्नुपर्छ । त्यसपछि मात्र निर्माण थालिन्छ ।’ पोर्टल फ्रेम अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ भएको उनको भनाइ छ । ‘अझै १० दिन ढिलाइ हुने जानकारी पाएका छौँ,’ उनले भने । त्यसपछि निर्माणस्थलमा ल्याएर जोड्न अर्को १० दिन लाग्नेछ । त्यसपछि मात्र सुरुङ खन्ने काम थालिनेछ । ‘ढिलोमा पनि पुसदेखि सुरुङ खन्ने काम सुरु हुनेछ,’ निमित्त प्रमुख शाक्यले भने ।

    images
    images


    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गरेको वर्ष दिन पूरा भएको छ । सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।


    आयोजना कार्यालयका अनुसार अहिले सुरुङ खन्नेबाहेकका काम धमाधम भइरहेका छन् । विशेष गरी सुरुङ खन्नुपूर्व गर्नुपर्ने कामलाई गति दिएको छ । अहिले सुरुङमार्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ र अन्य काम भइरहेको निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अहिले आयोजनास्थलमा २ सय ५० कामदार परिचालन गरिएको छ । जापानदेखि २५ जना सुरुङ निर्माणमा दक्ष कामदार आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १०:२७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology