धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धादिङको खनियाँबास गाउँपालिकाका ६ जना, धादिङ अस्पतालका ५ जना, नीलकण्ठ नगरपालिकाका २ जना, गंगाजमुना,गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका २/२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।
यस्तै धुनिबेशी नगरपालिका, गल्छी, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाका १/१ जना गरी थप २३ जनामा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यस सँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ ।
यस्तै संक्रमितहरुमा आज सोमबार थप १ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १२ सय ९ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो।
यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ३५ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।