शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३ हजार १४० जना डिस्चार्ज, १ हजार ९४८ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ हजार १४० जना डिस्चार्ज, १ हजार ९४८ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१०, मंसिर २०७७
  • 9.3K
    SHARES
  • नेपालमा थप ३ हजार १४० जना डिस्चार्ज, १ हजार ९४८ जनामा कोरोना संक्रमण

    काठमाण्डौ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ ।

    images
    images


    यस्तै बुधबार एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।

    गएको २४ घण्टामा नौ हजार दुई सय १० जनाको पीसीआर परीक्षण भएको थियो । यस्तै बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १९:०२:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology