शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशुलीमा पिकअप भ्यान खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटियो

त्रिशुलीमा पिकअप भ्यान खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटियो

नागरिक पाटी

११, मंसिर २०७७
  • 6.1K
    SHARES
  • त्रिशुलीमा पिकअप भ्यान खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटियो

    धादिङ । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ । ३ जना बेपत्ता भएकामा २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । चालक सुर्य के सी र भ्यानमा सवार जमुना रोक्काको शव भ्यानभित्रैबाट निकालिएको उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।
    आज बिहान साढे ५ बजे लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नागदी खोला भन्ने स्थानबाट त्रिशुलीमा खसेको थियो । सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका हुन् । अझै एक जना बेपत्ता रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १४:४५:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology