शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फास्ट ट्र्याक आयोजनाको सुरुङमार्ग निर्माण चैतदेखि थालिने

फास्ट ट्र्याक आयोजनाको सुरुङमार्ग निर्माण चैतदेखि थालिने

नागरिक पाटी

११, मंसिर २०७७
  • 6.5K
    SHARES
  • फास्ट ट्र्याक आयोजनाको सुरुङमार्ग निर्माण चैतदेखि थालिने

    धादिङ । बहुप्रतीक्षित तराई–मधेस फास्ट ट्र्याक आयोजनाको सुरुङमार्ग निर्माण चैतदेखि थालिने भएको छ । सेनाले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार सुरुङमार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोट गर्न ९प्रि–क्वालिफिकेसन० पूर्वछनोटको काम अन्तिम चरणमा पुगेको छ । १४ असोजमा पूर्वछनोटका लागि इच्छुक कम्पनीले आसयपत्र बुझाइसकेका छन् । अहिले मूल्यांकन गर्ने काम भइरहेको छ । सेनाले मूल्यांकनको काम मंसिरभित्र सम्पन्न गरी सक्षम कम्पनीको सूची सार्वजनिक गर्ने र उनीहरूसँग १५ पुससम्म खरिद प्रक्रियामा माग लिन समय दिनेछ । यसअनुसार चैत महिनासम्ममा ठेक्का प्रक्रिया पूरा गरी सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गरिनेछ । त्यसपछि सुरुङ निर्माण कार्य थालिने सेनाको दाबी छ ।

    images
    images

    त्यसअघि सेनाले गर्नुपर्ने सुरुङ निर्माण पूर्वको ‘जिओटेक्निकल र जिओफिजिकल इन्भेस्टिगेसन’को स्थलगत अध्ययन कार्य पूरा गरेको छ । सेनाका अनुसार अहिले अध्ययन प्रतिवेदन मूल्यांकन गर्ने काम भइरहेको छ । यस अध्ययनमा सुरुङमार्ग निर्माण हुने तीन ठाउँ महादेवटारमा नौवटा धेद्रेमा पाँचवटा र लेनडाँडामा चारवटा ‘बोर होल्स ड्रिलिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको छ । ड्रिलिङ सम्पन्न भएका ठाउँको परीक्षण गर्ने काम पनि सँगसँगै भइरहेको सेनाले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । नयाँ प्रत्रिकामा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:२७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology