शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

धादिङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

११, मंसिर २०७७
  • 5.7K
    SHARES
  • धादिङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

    धादिङ । कोभिड–१९ सङ्क्रमणका कारण धादिङकी थप एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका ४ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।

    images
    images

    ब्रेन ट्युमरको समस्या रहेकी ति संक्रमित महिलाको काठमाडौँ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा निधन भएको हो । यससँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।
    त्यसै गरी पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आज बिहिबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ का २७ बर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं १ का ५५ बर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिकाका ३८ बर्षिय पुरुष र काठमाडौमा मृत्यु भएकी निलकण्ठ–४ की ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ८० पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १८:४५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology