धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शनिबार धादिङको खनियाँबास गाउँपालिका वडा नं ३ का २८ बर्षिय पुरुष, ३७ र ६८ बर्षिया महिला र नीलकण्ठ नगरपालिका वडा नं ४ का २८ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ३ सय ८७ पुगेको छ ।