धादिङ । आज देशभर बिभिन्न स्थानमा गरिएको परीक्षणमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ४ सय ४ जना डिस्चार्ज भएसँगै दुई लाख १२ हजार ५ सय ९० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिले देशभर १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८ सय ३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।