शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या १,२७४ पुग्यो

धादिङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या १,२७४ पुग्यो

नागरिक पाटी

१४, मंसिर २०७७
  • 4.7K
    SHARES
  • धादिङमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या १,२७४ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गजुरी र त्रिपुरासुन्दरी गाउँपालिकाका ४/४ जना,धादिङ अस्पतालका ३ जना, नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिकाका २/२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।

    images
    images

    यस्तै ज्वालामुखी, थाक्रे र खनियाँबास गाउँपालिकाका १/१ जना गरी थप १८ जनामा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो। थपिएका संक्रमितहरुमा २७ बर्षदेखी ८० बर्ष उमेर समुहका १४ जना पुरुष र४ जना महिला रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ५ पुगेको छ ।
    यस्तै संक्रमितहरुमा आईतबार एकैदिन ५२ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १२ सय ७४ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो। जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:२४:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology