शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ट्राफिक लाईट बेवास्ता गर्नेलाई अनलाईन कक्षा लिदैं ट्राफिक प्रहरी

ट्राफिक लाईट बेवास्ता गर्नेलाई अनलाईन कक्षा लिदैं ट्राफिक प्रहरी

नागरिक पाटी

१६, मंसिर २०७७
  • 9.2K
    SHARES
  • ट्राफिक लाईट बेवास्ता गर्नेलाई अनलाईन कक्षा लिदैं ट्राफिक प्रहरी

    काठमाडौ । के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरि सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है ! ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गतेदेखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।

    images
    images

    लकडाउन अघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।

    महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताउनुभयो” ।उहाँले “रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिनुभयो” ।लामो समय देखी बग्गीखानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।

    यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अब देखि ट्राफिक लाईटको बे-वास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिबार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।
    हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाटचोकहरुको व्यवस्थापन हुँदै आएको छ ।सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसाथ गर्दै ट्राफिक लाईट भएका त्यस्ता चोकहरुमा चालक र पैदलयात्रीले ट्राफिक बत्तिको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउछ ।

    यस्तो प्रतिकुल अबस्थामा प्रबिधिको प्रयोगमार्फत सचेतना कक्षा संचालन बढि उपयोगी एव लाभदायिक हुनेर यसले आम चालकहरुमा अनलाईन सचेतना कक्षा लिने प्रबृत्तिमा समेत बृद्धि हुने महाशाखाको अपेक्षा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ११:२६:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology