धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार धादिङको धुनीबेशी नगरपालिका वडा नं ९ की ६९ बर्षिया महिला, गजुरी गाउँपालिका वडा नं ८ का २९, ३९ र ४९ बर्षिय पुरुष र नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय २६ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या १२ सय ८४ पुगे छ ।