काठमाण्डौँ । सरकारले प्रक्रिया पुरा गरेका कोरोनाका बीमितलाई बीमा रकम ३ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ। निवेदन दिएको लामो समयसम्म पनि कोरोना बीमाको रकम प्राप्त नभएको गुनासो बढेपछि अर्थ मन्त्रालयले बीमा समितिलाई यस्तो निर्देशन दिएको हो।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आज बसेको बैठकले कोरोना बीमाको भुक्तानी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। बैठकले दावीहरुको भुक्तानी गरी दैनिक रुपमा मन्त्रालयमा विवरण पठाउन पनि निर्देशन दिएको छ। मापदण्डमा कागजात जुटाएर प्रक्रिया पुरा भएको ७ दिनभित्रै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ।