धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार धादिङको गल्छी गाउँपालिका वडा नं २ का ३८ बर्षिय पुरुष, ३२ बर्षिया महिला, वडा नं ४ की ६ महिने बालिका, वडा नं ५ का १९ बर्षिय पुरुष, वडा नं ६ का ३१ बर्षिय पुरुष र ३१ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सिद्धलेक गाउँपालिका वडा नं २ का ४८ बर्षिय पुरुष, वडा नं ७ का ३२ बर्षिय पुरुष, गजुरी गाउँपालिका वडा नं १ का ३४ बर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं २ का ३२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ ।