धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
हिजो बिहिबार १३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ५ सय ७५ जना डिस्चार्ज भएसँगै दुई लाख २१ हजार ८ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै संक्रमणबाट थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिले देशभर १५ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार ३१ नमुना परीक्षण भएको छ।