शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

नागरिक पाटी

२०, मंसिर २०७७
  • 5.3K
    SHARES
  • नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

    धादिङ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार दुई सय ५५ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये दुई लाख २४ हजार ५३ जना निको भइसकेका छन् ।

    images
    images

    यसैबीच पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना सङ्क्रमण भएसँगै कोरोना सङ्क्रमित हुनेको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा छ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ७७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २१:०७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology