शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

नागरिक पाटी

२१, मंसिर २०७७
  • 6.9K
    SHARES
  • डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

    डोटी । डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

    images
    images

     

    दुर्घटनामा चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    दुर्घटनामा ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट,डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरी र नाम नखुलेका ३ वर्षीया बालक छन् । घाइतेहरूलाई उपचारका लागि दिपायल पठाइएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०७:२०:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology