शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनको असहयोगले उत्तरी नाका अझै असहज

चीनको असहयोगले उत्तरी नाका अझै असहज

नागरिक पाटी

२३, मंसिर २०७७
  • 9.7K
    SHARES
  • चीनको असहयोगले उत्तरी नाका अझै असहज

    काठमाण्डौं । रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य भएका छन् ।

    images
    images

    चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा नेपाली व्यवसायीहरू भारतको बाटो भएर दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका हुन् ।

    सामान आयातमा असहज भएको मात्र होइन, लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्नसमेत पाएका छैनन् ।

    गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष राजनकुमार जमकट्टेल व्यापारीहरू सामान अर्डरका लागि चीन जान नपाएको बताउँछन् । ‘हामीले व्यापारीलाई जाने व्यवस्था मिलाउन नेपालस्थित चिनियाँ दूतावासलाई अनुरोध गर्दै आएका छौं,’ कट्टेलले भने । उनका अनुसार चीनले अहिले आफ्नो मुलुकको वर्किङ अनुमति भएका, चिनियाँ नागरिकसँग विवाह गरेका वा कुनै प्रतिष्ठित कम्पनीको लिखित अनुरोधमा मात्र नेपालीलाई भिसा दिने गरेको छ । त्यसका लागि पनि एक महिनाअघि निवेदन दिनुपर्छ ।
    पछिल्लो समय नेपाली व्यवसायीहरूले आफैं चीन गएर अर्डर गर्ने र सामान छुटाउने गर्दै आएका थिए । चीन जान सहज प्रवेश नपाएपछि पोहोर अर्डर गरेका सामान यो वर्ष पनि भित्र्याउन पाएका छैनन् । यसबाट व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपरेको मात्र छैन, सामान ढिला आउँदा बिक्री नहुने समस्या पनि भोग्नुपरेको छ । कान्तिपुरमा खबर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - ०८:२४:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology