आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार

कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार

नागरिक पाटी

२४, मंसिर २०७७
  • 8.1K
    SHARES
  • कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार

    काठमाण्डौं । कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् ।

    images


    उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने( ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १५:३७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology