शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी

नागरिक पाटी

३०, मंसिर २०७७
  • 6.3K
    SHARES
  • राष्ट्रपतिद्धारा संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ु जारी गरेकी हुन्।

    images
    images

     

    नेपालको संविधानको धारा ११४ को उपधारा )१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ, राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। परिषद्‍मा अध्यक्ष (प्रधानमन्त्री) र अन्य ४ जना सदस्य पुग्नेपर्ने व्यवस्था छ। उपसभामुख नभएको अवस्थामा सभामुख पनि नगएपछि गणपूरक संख्या नपुगेको हो। परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ।

    परिषद् बैठक स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। सोही बैठकले परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश जारीका लागि सिफारिस गरेको अनुमान गरिएको छ। जारी भएको नयाँ अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउने छ।

    130965753_3323690834425373_7849311403152356953_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १४:५७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology