शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देउवाद्धारा अध्यादेश तत्काल फिर्ता लिन माग

देउवाद्धारा अध्यादेश तत्काल फिर्ता लिन माग

नागरिक पाटी

३०, मंसिर २०७७
  • 5.3K
    SHARES
  • देउवाद्धारा अध्यादेश तत्काल फिर्ता लिन माग

    काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले जारी गरेको संवैधानिक परिषद्को‍ काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको मर्म विपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।

    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले आध्यादेश जारी गरेपछि सामाजिक संजाल ट्विटरमा देउवाले संवैधानिक निकायहरुको स्वतन्त्रता र तटस्थता विपरीतको उक्त अध्यादेश फिर्ता गर्न माग गरेका हुन्।

    देउवाले ट्विटमा भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रष्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ।’

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १८:२५:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology