शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अध्यक्षद्वयको छलफलपछि नेकपा स्थायी समिति बैठक सुरु

अध्यक्षद्वयको छलफलपछि नेकपा स्थायी समिति बैठक सुरु

नागरिक पाटी

१, पौष २०७७
  • 7.0K
    SHARES
  • अध्यक्षद्वयको छलफलपछि नेकपा स्थायी समिति बैठक सुरु

    काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

    images
    images

    बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक आन्तरिक विवादका कारण ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री ओली बैठकमा नआएपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई पटक बालुवाटारमा भेटवार्ता भएको थियो । पछिल्लो पटक दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।

    पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको र उनी बैठकमा सहभागी हुन तयार भएका हुन् ।

    स्थायी कमिटी बैठकअगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमत भएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०७७ बुधवार - १७:००:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology