धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार २९ जना डिस्चार्ज भएसँगै दुई लाख ४१ हजार ३ सय ९२ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ६५ पुगेको छ ।
देशभर ९ हजार ३ सय १७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पिसिआर परीक्षण भएको छ ।