महादेववेशी । दिगो विकासका लागी युवा किशोर किशोरी सहभागीता सामुदायिक शान्ति कार्यक्रमको वार्षिक समिक्षा तथा पुनरावलोकन कार्यशाला सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङको आयोजना, संस्थागत विकास सञ्जालको साझेदारी तथा ब्रेड फर द वल्ड जर्मनको आर्थिक सहयोगमा सन्चालित दिगो विकासका लागी युवा किशोर किशोरी परियोजनाको वार्षिक समिक्षा कार्यक्रम भएको हो ।
दिगो विकासमा युवा सहिभागीता सुनिश्चत गर्ने उद्देश्यले धादिङको थाक्रे गाउँपालीकामा विगत एक वर्ष देखि कार्यक्रम सञ्चालन गदै आएको छ ।
परियोजनाले समुदायमा कुरिति, कुसंस्कारका विषयमा पैरवि गर्दै समाजमा सचेतीकरण कार्यक्रम सञ्चालन गदै आएको छ । समुदायमा रहेको युवाहरुलाई समाज रुपान्तरणका लागि र समाज सुधारका लागि युवाहरु परिचालन गर्दा राम्रो हुने देखिएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनु भयो ।
दुई ओटा फेजमा परियोजना सञ्चालन भएको थियो । पहिलो फेजमा रु। ९ लाख ३६ हजार १ सय रुपैयांमा जनावरी देखि जुन सम्म र दोस्रो फेजमा रु। १४ लाख ६६ हजार २ सय रुपैयाँमा जुलाई देखि हाल सम्म सञ्चालन हुँदै आएको छ । कार्यक्रमा एक वर्षभरी भएको कार्यप्रगतिका बारेमा सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी गराउनु भएको छ ।
परियोजनाले थाक्रेका ११ वटा वडामा युवा क्लब गठन गरी काम गर्दै आएको छ भने विभिन्न समयमा समुदाय स्तरमा गएर कार्यक्रम सञ्चालन गदै आएको छ । उक्त कार्यक्रमका विचमा जोखिममा रहेकाहरुका लागि सुरक्षा परियोजना अन्तरगत विद्यालय उमेरमा स्कुल छाडेकाहरुका लागी स्वरोजगार र व्यवसायी बनाउन ४५ दिने होटेल म्यानेजमेन्ट तालिम लिएका ११ जना युवाहरुका लागि प्रमाण पत्र वितरण गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, संस्थागत विकास सञ्जालका सल्लाहकार बालराम मर्हजन, कोषाध्यक्ष मेघ बहादुर तामाङ, वडा अध्यक्ष राम कुमार बस्नेत, रवि प्रकाश ओझा, कार्यपालिका सदस्य शुशिला सुबेदी, सिड्सका अध्यक्ष माधब खतिवडा, उपाध्यक्ष सुयश विक्रम राणा, सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, जनजागृति माविका प्रधानाध्यापक लावण फुँयाल, सिड्सका अन्य सदस्य तथा कर्मचारी, युवा क्लबका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।