तसर्पु । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ रातमाटेमा रहेको लिति महांकाल माध्यमिक विद्यालयमा अभिभावक भेलाको आयोजना गरि आर्थिक बर्ष २०७६/०७७ को सामाजिक परिक्षण समितीले तयार पारेको समाजिक परिक्षण प्रतिबेदन सार्वजनिक गरियो छ ।
विध्यालयको भौतिक पक्ष ,शैक्षिक पक्ष र आर्थिक पक्ष समेटिएको उक्त प्रतिबेदनमा अभिभावक हरुको राय सुझाव सहित विद्यालयको जम्मा आम्दानी तर्फ अल्या बैंक मौज्दात रा.वा.बैंक र प्रभु बैंक रु.९० हजार ६ सय ५ रुपैयाँ ५५ पैसा र १ लाख २६ हजार ४ सय ४९ रुपैयाँ ३९ पैसा २ लाख १७ हजार ५४ रुपैयाँ ९४ पैसा ,थाक्रे गाउँपालिकाबाट प्राप्तरु. ४७ लाख ७७ हजार ३ सय ३३ रुपैयाँ र प्रदेश सरकारबाट माध्यमिक विद्यालय तलब भत्ता बपत रु.१० लाख ७ हजार ९ सय ७० रुपैयाँ र अन्य रु.२ लाख २१ हजार ८ सय ७४ रुपैयाँ २० पैसा गरि जम्मा रु. ५३ लाख २४ हजार २ सय ३२ रुपैया १४ पैसा विद्यालयको खातामा देखिन्छ।
खर्च तर्फ शिक्षक तलब भत्ता रु. ४० लाख ११ हजार ३ सय ३८ रुपैयाँ ९० पैसा र अन्य खर्च रुं. ११ लाख ३७ हजार ८ सय ७६ रुपैयाँ ४० पैसा गरि जम्मा खर्च रु. ५१ लाख ४९ हजार २ सय १५ रुपैयाँ ३० पैसा देखिन्छ भने बैंक मौज्दात रा.वा.बैंकमा रु.२३ हजार ७५ रुपैयाँ ५५ पैसा र प्रभु बैंकको खातामा रु. १ लाख ५१ हजार ९ सय ४१ रुपैयाँ २९ पैसा गरि रु. १ लाख ७५ हजार १६ रुपैयाँ ८४ पैसा रहेको आय व्यय विवरण प्रस्तुत गरिएको विद्यालयका प्रधानाध्यापक ओम प्रसाद सापकोटाले जानकारीदिनु भएको छ ।

कार्यक्रममा सहभागी भएका अभिभावकहरुलाई आयव्ययको विवरण सार्वजनिक गरि सर्वसम्मत अनुमोदन गरिको थियो । शिक्षक अभिभावक संघ अध्यक्ष टेक बहाद्रअधिकारीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष गणेश मान तामाङले शिक्षासगं शैक्षिक विषयका बारेमा् आफ्ना महत्वपूर्ण भनाइ राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज अर्यालले आफ्ना भावी योजनाका बारेमा केहि कुरा राख्नु भएको थियो। कार्यक्रममा १८५ जना अभिभावकको उपस्थिती रहेको विद्यालयले जानकारी दिएको छ ।