शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिनालाई

जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिनालाई

शिवराज आचार्य

६, पौष २०७७
  • 6.1K
    SHARES
  • जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिनालाई

    भरतपुर । दिपा इभेन्टको आयोजनामा सम्पन्न जुनियर मोडल चितवन एण्ड फेशन शोको उपाधि अस्मिना श्रेष्ठले हात पारेकी छिन । शनिबारमा सम्पन्न प्रतियोगितामा सहभागी मोडलहरुलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । त्यस्तै प्रतियोगितामा रोमिका श्रेष्ठ फष्ट रनरअफ र मेरिना न्यौपाने सेकेण्ड रनरअफ भएका थिए ।
    दिपा इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठकको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा सफल युवा व्यवसायी एवं समाजसेवी कपिल सागर कर्माचार्य प्रमुख अतिथि रहनुभएको थियो । स्मार्ट व्यान्क्यूट एण्ड रिसोर्ट प्रा।लि।को परिसरमा सम्पन्न प्रतियोगिताको प्रमुख निर्णायकमा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ र निर्णायकमा सञ्चारकर्मी राजु भट्ट रहनुभएको थियो ।
    मिडियाकर्मी राकेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको प्रतियोगितामा इभेन्ट अर्गानाइजर मिना झा, युवा व्यवसायी राहुल सिंह, पुष्प श्रेष्ठ, चितवन जिम हाउसका जिम प्रशिक्षक सुरेश राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - २०:५६:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology