शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिलान्यासको १४ महिनापछि थालियो नागढुंगा सुरुङमार्ग खन्न

शिलान्यासको १४ महिनापछि थालियो नागढुंगा सुरुङमार्ग खन्न

नागरिक पाटी

७, पौष २०७७
  • 9.2K
    SHARES
  • शिलान्यासको १४ महिनापछि थालियो नागढुंगा सुरुङमार्ग खन्न

    नौविसे । सिस्नेखोला दहचोक नागढुंगा सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो । आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५\१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सकिन्छ,’उनले भने ।

    images
    images

    शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको हो । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ ।

    सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - २०:२२:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology