शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडामा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाईते

हेटौंडामा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाईते

नागरिक पाटी

११, पौष २०७७
  • 6.4K
    SHARES
  • हेटौंडामा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाईते

    हेटौंडा । हेटौंडामा बस दुर्घटनामा एकको मृत्यु, आठ घाईतेबस्तिपुर । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।

    images
    images


    मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


    तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १८:३५:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology