शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा धादिङका अध्यक्ष पौडेलद्वारा राजनीति त्यागेको घोषणा

नेकपा धादिङका अध्यक्ष पौडेलद्वारा राजनीति त्यागेको घोषणा

नागरिक पाटी

१२, पौष २०७७
  • 15.5K
    SHARES
  • नेकपा धादिङका अध्यक्ष पौडेलद्वारा राजनीति त्यागेको घोषणा

    धादिङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्रराज पौडेलले राजनीति त्यागेको घोषणा गरेका छन् । पार्टीको केन्द्रमा राजनीतिक विभाजन भएपछि उनले जिल्ला नेतृत्वसमेत त्यागेर अब नेकपाको राजनीति नगर्ने घोषणा गरेका छन् ।

    images
    images

    पार्टी निर्माणका क्रममा भोगेको दुःखका बयानसहित नेता पौडेलले अब राजनीतिक रुपमा कहीँ कतै नलाग्ने तर सामाजिक काममा भने अझ अग्रसर बन्ने प्रण गरेका छन् ।

    अध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत आफू अब राजनीतिमा नरहेको र यस निर्णयमा पुनर्विचार नगर्ने भन्दै नेता, कार्यकर्तालाई आफूलाई राजनीतिको विषयमा रहेर सम्पर्क नगर्न पनि आग्ह गरेका छन् ।

    पौडेलको फेसबुक स्टाटस जस्ताको तस्तैः

    जीवनको पिड़ादायी निर्णय :
    सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए ।
    सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामान बाट एउटै घर बनाए कम्पाउंड वाल सहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।
    सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कंपाउंड वाल सहितको घर निर्माण भयो । सबै अगुवा हरूले आ-आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने बीबाद शुरू भयो
    सबै आ-आफ़्ना अडानमा डग्मगाएनन । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेरदै घर गर्लम्म ढल्यो ।
    अब फेरी नया अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन ।
    घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ ।
    नया घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दई यो अभियान बाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरू संग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला ।
    राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ ।यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।……,..

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १७:२९:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology