शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनीयाँ उच्च अधिकारीको टोली काठमाडौंमा

चीनीयाँ उच्च अधिकारीको टोली काठमाडौंमा

नागरिक पाटी

१२, पौष २०७७
  • 7.2K
    SHARES
  • चीनीयाँ उच्च अधिकारीको टोली काठमाडौंमा

    काठमाण्डौं । नेपालमा संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनपछिको परिस्थिति र यसका कारण बुझ्न छिमेकी देश चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

    images
    images

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको हो । सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीले चिनियाँ राष्ट्रपतिको सन्देश लिएर आएको हो ।काठमाडौं विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएका थिए ।

    काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ । कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन ।

    नेपालमा चार दिन रहने टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने जनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १७:५७:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology