शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री पौडेलले रिक्त तीनवटा मन्त्रालय आफैंले सम्हाले

मुख्यमन्त्री पौडेलले रिक्त तीनवटा मन्त्रालय आफैंले सम्हाले

नागरिक पाटी

१२, पौष २०७७
  • 6.7K
    SHARES
  • मुख्यमन्त्री पौडेलले रिक्त तीनवटा मन्त्रालय आफैंले सम्हाले

    मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हालेका छन् । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन तथा वन वातारण मन्त्रालयको काम कारबाही सम्हालेका हुन् ।

    images
    images

    मुख्यमन्त्री पौडेलले रिक्त रहेको मन्त्रालय आफूले नै सम्हाल्ने भएको लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई सिफारिस गरी पठाए अनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १९:४२:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology