शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवाको कालिका गाउँपालिकाद्धारा जेष्ठ नागरिकका लागि शिविर सञ्चालन, पाँच सय बढिले लिए सेवा

रसुवाको कालिका गाउँपालिकाद्धारा जेष्ठ नागरिकका लागि शिविर सञ्चालन, पाँच सय बढिले लिए सेवा

नागरिक पाटी

१३, पौष २०७७
  • 8.7K
    SHARES
  • रसुवाको कालिका गाउँपालिकाद्धारा जेष्ठ नागरिकका लागि शिविर सञ्चालन, पाँच सय बढिले लिए सेवा

    रसुवा । रसुवाको कालिका गाउँपालिकाले वृद्ध–वृद्धाका लागि स्वास्थ्य जाँच सहित न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाले यहि पौष ९ गते देखी १३ गते सम्म पालिकाको ५ वटै वडामा शिविर सञ्चालन गरि ७० वर्ष माथीका वृद्ध–वृद्धालाई सम्मान सहित न्यानो ज्याकेट वितरणका साथै प्रेसर, सुगर जाँच, आँखा जाँच र मुटु सम्बन्धी रोगको जाँच गरेको हो ।

    images
    images

    वडा नम्बर १ को राम्चे स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य शिविरमा ९७ जनाले सेवा लिएका छन् । यस्तै वडा नम्बर २ को कालिका सामुदायिक स्वास्थ्य ईकाईमा ९८ जना, वडा नम्बर ३ को वेतिनी सामुदायिक स्वास्थ्य ईकाईमा १२१ जना, वडा नम्बर ४ को धुसेनी सामुदायिक स्वास्थ्य ईकाईमा ९७ जना र वडा नम्बर ५ को जिवजिवे ग्रामिण अस्पतालमा ९४ गरि ५ सय ७ जनाले सेवा लिएको कालिका सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख माधव प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

    kalika .jpg

    शिविर मार्फत ४४३ जनालाई न्यानो ज्याकेट वितरण गरिएको छ भने १ सय ५ जनालाई ज्याकेट वितरणका लागि सम्बन्धित ठाउँमा जिम्मा लगाईएको छ । यस्तै ७७ जनालाई चस्मा वितरण र २० जनालाई मोतियाविन्दुको उपचारको लागि सिफारिस गरिएको छ । यसैगरी स्वास्थ्य जाँच मार्फत ५० जना प्रेशर र ३७ जना सुगरका विरामी सहित अन्य विरामीलाई औषधी पनि वितरण गरिएको छ ।

    आँखा जाँच पछि चस्मा वितरण पनि गरिएको छ भने मोतिया विन्दुका विरामीहरुलाई उपचार निशुल्क गर्ने र काठमाण्डौँ जानका लागि गाउँपालिकाको तर्फबाट ५ हजार रुपैँया यातायात खर्च स्वरुप सहयोग दिने गाउँपालिकाले जनाएको छ । यस्तै ७० वर्ष वर्ष भन्दा माथीका वृद्ध वृद्धाका लागि निशुल्क स्वास्थ्य विमा गरिने गाउँपालिका अध्यक्ष सिता कुमारी पौडेलले जानकारी दिनुभयो ।

    यसैगरी मुटु रोग सम्बन्धी जाँच गरी अर्को शिविरमा मुटु रोग विशेषज्ञद्वारा इको समेत गरिने शिविरमा जानकारी गराईएको छ ।  शिविर पछि वृद्धहरु खुसी भएका छन् । गाउँपालिकाले आफुहरुको लागि राम्रो काम गरेको भन्दै धन्यवाद दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १९:२२:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology