शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तातोपानी नाका दिनका लागि बन्द हुने

तातोपानी नाका दिनका लागि बन्द हुने

नागरिक पाटी

२४, पौष २०७७
  • 4.7K
    SHARES
  • तातोपानी नाका दिनका लागि बन्द हुने

    सिन्धुपाल्चोक । चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ ।

    images
    images


    भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ ।

    बाढीले मितेरी पुल जगको दायाँ–बायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक सङ्घ–संस्था र कम्पनीलाई सूचित गरेको छ । तर अझै आधिकारिक रूपमा जानकारी नआएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुने बारे आधिकारिक खबर नपाएको बताउनुभयो ।

    वर्ष दिनदेखि खासा र न्यालम क्षेत्रमा थन्किएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । तर पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी दिन बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - १९:४४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology